आज लक्ष्मीपूजा

२१ कार्तिक २०७५, बुधबार ०८:२७

काठमाडौं– आज नेपालीहरूको महान चाड तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजा। धनकी देवी लक्ष्मीको पूजा गरिने भएकाले आजको रात विशेष रात पनि हो।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। यस पर्वलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ।वर्षका चार महत्वूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।

आजको दिन हिन्दु महिलाहरूले घर–घरमा गएर भैलो खेल्ने चलन छ। भैली खेल्न आउनेलाई धान, चामल, पैसा र नैबेद्य दिएर विदा गर्ने चलन छ।यसरी दान गरेपछि भैलेहरूले आशिस दिने प्रचलन पनि रहेका छ।