नेपाल र भारतको झन्डा फहराउँदै आएको रेल बुधनगरस्थित नेपाल कस्टम यार्डसम्म पुग्यो। रेल सेवा जनकपुर विराटनगर यी दुबै नाकामा आउँदोपुस १५ सम्म नियमित रेल सञ्चालन गर्ने तयारी भइरहेको बताएकोछ।

विराटनगरमा मालवाहक रेल आउँछ, जनकपुरमा चल्ने यात्रुवाहक रेल भारतीय कम्पनीसँग भाडामा लिन्छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘केही दिनभित्रै कुन कम्पनीको रेल भाडामा लिने टुंगो लाग्छ।‘रेल किन्न पनि सकिन्छ तर हामीसँग अहिले नै दक्ष जनशक्ति छैन, रेलसँगै चलाउने मान्छे पनि कम्पनीबाटै आउँछन्,’ मिश्रले भने, ‘पछि हाम्रो जनशक्ति तयार भयो भने रेल किनेर आफैं चलाउने हो।’

१९९४ बाट सुरू भएको नेपालको एकमात्र रेल सेवा जयनगर–जनकपुर ५१ किमी पाँच वर्षयता बन्द छ। पहिला न्यारोगेजको रेल चल्ने यहाँ अब ब्रोडगेजको रेलको लिक बनाइएको छ। यो रेल महोत्तरीको बर्दिवाससम्म ल्याउन अहिले लिक बनाउने काम भइरहेको छ।विराटनगरमा यात्रुवाहक रेल चल्न भने अझै डेढ वर्ष लाग्ने महानिर्देशक मिश्रले बताए।सिंघिया नदीमाथि पुल बनाउन बाँकी रहेकाले रेल बुधनगरसम्म मात्र आउने भएको हो।‘मुआब्जाको मुद्दामा सर्वोच्चले फैसला गरेको छ।

अब पुल बनाउन सुरू हुन्छ, पुल बनाउन एक डेढ वर्ष लाग्छ मिश्रले भने, ‘त्यतिबेलासम्म सामान बोक्ने रेल बुधनगरसम्म आउँछन्।नेपाल र भारतबीच सन् २०१० मा भएको क्रस बोर्डर रेलवे बनाउने समझदारी अनुसार यी दुवै नाकामा भारतीय सहयोगमा रेल ल्याउन लागिएको हो।काँकडभिट्टा, भैरहवा र नेपालगञ्जका नाकामा पनि भारतीय पक्षले रेल ल्याउने समझदारीमा उल्लेख छ। ती नाकामा भने रेल वे बनाउने काम अघि बढेको छैन।
