सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ।। दुनैबाट गुडेको गाडी ठूलीभेरी ३ कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन्।अहिले जीप नदीबाट बाहिर निकालिएको उनले जानकारी दिए। प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ। ओरालोमा ब्रेक नलागेर जीप नदीमा खस्न गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ, डिएसपी अबदेश बिष्टले भने ।
