बझाङमा वर्षासँगै हिमपात, चिसो बढ्यो

१८ कार्तिक २०७५, आईतवार १७:३०

बझाङमा शनिबार राति अचानक वर्षासँगै हिमपात भएको छ जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको हो । वर्षासँगै परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।

उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिका, यस्तै सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको हो । हिपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपात र वर्षाका कारण चिसो निकै बढेको सुर्मा गाउँपालिकाका स्थानीय नरेशबहादुर बोहराले बताउनुभयो । गाउँमा समान्य हिमपात भए पनि गाउँभन्दा माथिपट्टीको जंगलमा भने निकै हिमपात भएको उहाँको भनाई छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा समेत हिमपात भएको छ । आइतबार बिहान ४ बजेतिर वर्षासँग आएको हिमपातका कारण राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मीका साथै राष्ट्रिय निकुञ्जका कर्मचारीको जनजीव समेत प्रभावित बनेको बताइएको छ ।