ओली सरकार ५ वर्षसम्म जान्छः खनाल

१८ कार्तिक २०७५, आईतवार १५:०३

 

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गरेका छन् ।वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गरे

आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे ।