हुम्लामा कात्तिकमै हिमपात तापक्रम माइनस ६ डिग्री

१८ कार्तिक २०७५, आईतवार ११:००

हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ। गत वर्षहरूमा पुसदेखि हिमपात शुरु हुन्थ्यो। आइतबार बिहान हिमपातसँगै हुम्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ।

शनिबार दिउँसोबाट आकाश बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेदेखि हुम्लामा हिमपात ह न थालेको हो । बालीनाली घर नभित्र्याएका कारण किसान हिमपातका कारण चिन्तित बनेका छन्।

 

कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने र्गछ आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ।