उर्जामन्त्री पुन अस्पताल भर्ना

१७ कार्तिक २०७५, शनिबार ०८:४०

काठमाडौं ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका छन।

शुक्रबार बेलुकी  छातीमा  समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्‍याइएको हो । अहिले उनको अवस्था सामान्य रहेको पुनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिए ।उनका अनुसार मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको पनि खड्काले जानकारी दिए ।२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए ।