चीन र पाकिस्तानको बीचमा प्रस्तावित बस सेवा परियोजनाप्रति भारतले आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तान र चीनबीचको सम्झौलताले दुवै देशसँगभारतको कुटनीतिक सम्बन्ध चिसिएको छ ।


दुई देशबीचको सम्झौताअनुसार लाहोरबाट पाकिस्तान प्रशासित कश्मीर हुँदै चीनको शिनजियाङसम्म बस सेवा सञ्चालन हुनेछ । जनसत्तामा छापिएको खबरअनुसार भारतले यो बस सेवाको चीन तथा पाकिस्तान दुवै देशसामु विरोध जनाएको छ ।पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबारदेखि ५ दिने चीन भ्रमणमा रहेका छन् ।भारतीय विदेश सचिव विजय गोखलेले राष्ट्रिय सीमाबाट बाहिर सम्पर्क गर्दा कुनै पनि देशको सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने बताएका छन् ।
