प्रधानमन्त्री आज बालुवाटार फर्किने, प्रचण्ड पुगे अस्पताल

१६ कार्तिक २०७५, शुक्रबार ११:०४

प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्जु हुने भएका छन्। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको मनमोहन कार्डियोथेरासिस तथा भास्कुलर सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनले भने ‘अहिले प्रधानमन्त्रीलाई कुनै समस्या छैन्। उहाँलाई आज या भोलि डिस्चार्ज गर्ने भन्ने बारेमा केही घण्टापछि थाहा हुने छ।’

प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए।प्रधानमन्त्री ओलीले अस्पतालमै गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई बोलाएर क्याविनेटको बैठक गरेका थिए। प्र

धानमन्त्री अस्पताल भर्ना भएलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराईलगायत विशिष्ट व्यक्तिहरू अस्पताल पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्रले पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका थिए।