गौचन हत्यामा संलग्न जेल चलान

१५ कार्तिक २०७५, बिहीबार ०९:५४

काठमाडौं – महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ ।

विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई बुधबार डिल्लीबजार कारागार चलान गरेको हो ।महाशाखाका प्रमुख धीरजप्रताप सिंहले पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिनुभयो ।