जिल्ला प्रहरी कार्यालय गुल्मीले लागुऔषधसहित पाँचजना युवाहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लागुऔषधसहित पाँचजनालाई सार्वजनीक गरे को हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८, का २६ वर्षीया बिजय लिम्बू, गुल्मीको रेसुंङा नगरपालिका २ का १९ वर्षीया नवीन विश्वकर्मा, सोही ठाउँका १८ वर्षीया विवेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षीया विशाल रायमाझी रहेका छन
मंगलबार राति ९ बजे रेसुङ्गा नगरपालिका २ बस्ने पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी हो–हल्ला गरेको भन्ने सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेस जस्तो देखिने २० ग्राम धुलो पदार्थ प्रहरीले बरामद गरेको थियो ।उनीहरुलाई बुधवार नै जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
