नेपाल र पाकिस्तानबीचको सम्बन्ध विशेष छ पाकिस्तानी राजदूत

१४ कार्तिक २०७५, बुधबार १६:२६

काठमाडौं नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताएछन ।

बुधबार काठमाडौंमा आयोजित ‘जम्मु–कश्मीर विवाद र मानव अधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयक कार्यक्रममा बोल्दै राजदूत जावेदले नेपालले कठिन समयमा साथ दिँदै आएको बताएका हुन । राजदूत जावेदले दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि सुदृढ रहेको बताएका राजदूत जावेदले नेपाल–पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको स्मरण गराउदै। जम्मु–कश्मीर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारे जम्मु–कश्मीरको स्वामित्वको विषयलाई लिएर पाकिस्तान र भारतबीच लडाई हुँदा हजारौंले ज्यान गुमाउनु परेको छ । त्यही विषयलाई लिएर पाकिस्तान–भारतबीचको सम्बन्ध पनि तनावपूर्ण रहँदै आएको छ ।