अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, २५ जनाको ज्यान गयो

१४ कार्तिक २०७५, बुधबार १६:१६

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।

इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दियका छन ।हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ जना रहेको बताइएको छ। हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ ।हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको जनाइएको छ । हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताइएको छ ।तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन् । युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् ।