सर्लाहीमा गोली प्रहारबाट एक को मृत्यु

१३ कार्तिक २०७५, मंगलवार १४:१५

सर्लाहीको रामनगर गाउँपालिका–४ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडपमा एकजनाको ज्यान गएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो ।

सुवेदीका अनुसार महतोको गोली लागेर ज्यान गएको हो । घटनामा अन्य केही घाइते समेत भएका छन् ।‘‘घटनाको सबै विवरण आउन बाँकी छ । अनुसन्धान हुँदैछ । पक्राउ परेको–नपरेको जानकारी छैन, एसएसपी सुवेदीले भने । महतोमाथि नेकपाकै कार्यकर्ताले गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि सोमबार नेकपाका कार्यकर्ताले कांग्रेसका वडाध्यक्ष रामनरेश महतोमाथि कुटपिट गरेका थिए । कुटपिट भएपछि सोमबारबाटै दुवै पक्षबीच झडप भएको थियो ।