निर्मला पन्त हत्या प्रकण सयौँको डिएनए परीक्षणको तयारी

१३ कार्तिक २०७५, मंगलवार ०८:४४

निर्मला पन्त हत्या प्रकणमा अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ ।प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो ।

अन्य देशमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।शुरुमा चार जना र उनीहरु सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरुको डिएनए परीक्षण गर्ने तयारी छ ।घटनाका बेला त्यहाँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरुमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले जानकारी दिय।