शरद गौचन हत्या प्रकरण लोप्साङ लामासहित ३ जना पक्राउ

१२ कार्तिक २०७५, सोमबार १५:२२

काठमाडौं– तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेका छ ।

महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको पक्राउबारे केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वर तर्फ जाँदै गर्दा प्रयाग मार्ग चोकमा गोली प्रहार भयो । गौचनका चालकले कार चलाइरहेका बेला चालकको अगाडि सिसामा इटा प्रहार गरे लगतै गौचनमाथि २ राउण्ड गोली हानेर हत्या गरिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको सिसी टिभी फुटेजका आधारमा पक्राउ गरेको हो हत्यापछि मोटरसाइकलको पछाडि बसेर फरार भएका थिए ।