नेपालमा सहसिक खेल प्याराग्लाइडिङको चर्चा चुलिएको छ।

१८ औं एसियाडमा कसैले नसोचेको त्यो पनि नेपाललाइ एक मात्र रजत यहि प्याराग्लाइडिङबाट हात लाग्यो। त्यसपछि विश्वको ध्यान अहिले नेपालतिर खिचिए छ। अहिले स्याङ्जाको भिरकोटमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको विश्वकप नै हुँदैछ। आगामी बिहीवारबाट प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना हुने आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए। पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भिरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे श्रेष्ठले जानकारी दिए।पुरुष र महिला एकल र सामूहिक गरि पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। ३० देशको प्रतिस्पर्धा पोखरा महानगरसँग उडान करको विषयमा कुरा नमिलेपछि पोखराबाट स्याङ्जा पुगेको आयोजकले विश्वकपको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतिस्पर्धामा नेपालसहित ३० देशका खेलाडीहरुले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरानलगायत देशको प्रतिस्पर्धा रहनेछ। प्रतियोगितामा १५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्। यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउनेछन्। विश्वकपका लागि स्याङ्जाका विभिन्न स्थानीय तह सगै बाबा एड्भेन्चर क्लबले ब्यवस्थापन गरिरहेको छ।
