संविधान संशोधन गरिएन भने पार्टी सरकारमा रहँदैन फोरम उपाध्यक्ष यादव

११ कार्तिक २०७५, आईतवार १८:३८

सप्तरी – संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवले संघर्षकै बलमा संविधान संशोधन गर्न नेकपालाई बाध्य पार्ने बताएकी छन ।

सप्तरीको डाक्नेश्वर नगरपालिकामा आइतबार आयोजित पार्टीको नगर कार्यालय उद्घाटन एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएकी हुन । अहिलेसम्मकै राजनीतिक इतिहासमा मजबुत सरकार पाएको बताउँदै उनले भ‘नीनसंविधान संशोधन गर्ने शर्तमा फोरम नेपालले सरकारलाई समर्थन दिएको छ, संविधान संशोधन गरिएन भने पार्टी सरकारमा रहँदैन ।’

संघीयतालाई असफल पार्न नेकपा र नेपाली कांग्रेसकै केही शक्तिहरु सक्रिय रहेको आरोप लगाउदै ‘देशमा संघीयता त्यसै आएको होइन, फोरमको आन्दोलन र जनताको बलिदानीबाट प्राप्त भएको यो संघीयतालाई हामी गुम्न दिँदैनौँ’ ‘संघीयतालाई सफल पार्नका लागि हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं ।