गृहमन्त्री थापाले भने विकास, समृद्धि र सुशासनको मुख्य बाधक अपराधी हुन्

११ कार्तिक २०७५, आईतवार १२:४५

 

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विकास, समृद्धि र सुशासनको मुख्य बाधक अपराधी भएको बताएका छन् ।

 

आइतबार राजधानीको भृकुटीमण्डपमा समूदायिक प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्द नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना र सुशासन कायम गर्न जरुरी रहेको बताए ।

गृहमन्त्री थापाले सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न जरुरी रहेको भन्दै शान्ति सुरक्षाको स्थापनामा मुख्य बाधक नै अपराधी भएको बताए ।

उनले ति अपराधीनै विकास, समृद्धि र सुशासनको बाधक भएको बताए ।

शान्ति, स्थायित्व र सुरक्षा कसरी गर्ने भन्ने बारे नेपाल प्रहरीले अवधारणा अघि सारेकोे भन्दै गृहमन्त्री थापाले प्रहरीले मात्रै लक्ष्य हासिल गर्न नसक्ने बताए ।