काठमाडौं– शुक्रबारबाट अस्वस्थ हुनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अहिले केही सुधार आएको छ ।
उहाँलाई शुक्रबारबाट रुघाखोकीले सताएको बालुवाटार श्रोतले जनाएको छ ।

सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सक्नु भएन । प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उहाँको सचिवालयले जनाएको छ ।
रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहनु भएको छ ।
यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिसकेको छैन ।
प्रमको स्वास्थ्यमा सुधारआएसँगै आइतबार दिउँसो ३ः३० बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको स्रोतले बताएको छ ।
