निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंको बिहे मंसिरमा

११ कार्तिक २०७५, आईतवार ०८:३२

 

यति बेला नायिका दीपिका प्रसार्इं अभिनित चलचित्र छक्का पञ्जा ३ देशै भरका चलचित्र घरहरुमा लागि रहेको छ ।

केही समय अघि दीपिका प्रसाईंले चलचित्र युनिटलाई प्रमोसनका लागि समय नदिएका कुराले दीपिका चर्चामा थिइन् । धेरैले उनको आलोचना समेत गरेका थिए । चलचित्र छक्का पञ्जा ३ अत्याधिक सफलताका साथ लागिरहेको छ । पहिलेको चर्चा सेलाउन नपाउँदै यति बेला नायिका दीपिका प्रसाईको चर्चा चलचित्र नगरीमा उत्कर्षमा छ । निर्देशक दीवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेको कुरा बाहिरिए सँगै उनीहरुको चर्चा बाढेको हो ।

निर्देशक दीवाकर र नायिका दीपिका दुवैले एकै समयमा आ–आफ्नो आधिकारिक फेसबुकमा तस्बिर हालेका थिए । तस्बिरमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं प्रेममा रहेको कुरा बेला बेला सञ्चारमाध्यममा यस अघि नै आउने गरेका थियो ।उनिहरुले अहिलेसम्म खुलाएका थिएनन् । उनीहरुले विवाह भने मंसिरमा गर्ने तयारी भएको बताइएको छ ।