मेलमिलापमा जानुपर्छ, देउवा

१० कार्तिक २०७५, शनिबार १८:२५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी ने क पा ले गरेको चियापानमा सहभागी भएका थिय ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पा ले शनिबार भृकुटीमण्डपमा गरेको चियापानमा सहभागी भएका कांग्रेस सभापति देउवालाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिय । दिउँसो ३ बजेपछि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली चियापानमा सरिक हुने बताइए पनि अन्तिम समयमा अस्वस्थका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको थियो ।

चियापानमा सहभागी भएर फर्कदै गर्दा कांग्रेस सभापति देउवाले मुलुकलाई राजनीतिक रुपमा मिलाएर लैजाने दायित्व सत्तापक्षको भएको प्रतिक्रिया दिएका छन । देश मेलमिलाप र एकतामा गएको हो भनी संचारकर्मीले राखेको जिज्ञासामा देउवाले देशलाई मेलमिलापमा लैजाने जिम्मा सत्तापक्षको भएको संक्षिप्त प्रतिक्रिया दिए ।