काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्नु भएको छ ।

काँग्रेस नेता लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराध गर्नेलाई कार्बाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।
नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्बाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको गंम्भिर आरोप समेत लगाउनु भयो ।
कांग्रेस नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावी पनि गर्नुभयो ।
