सुनचाँदीको भाउमा उतार चढाव

९ कार्तिक २०७५, शुक्रबार १२:१८

 

काठमाडौं–आज सुनको मूल्य प्रतितोला ६० हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा रु दुई सय घटेको हो ।

बिहिबार छापावाल सुन ६० हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।यस्तै आज तेजाबी सुन भने प्रतितोला ५९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५० रुपैयाँ थियो । सुनचाँदीको भाउमा उतार चढाव आएको छ ।