जेलबाट रिहा भएका कुमार नेपाल फर्किए

९ कार्तिक २०७५, शुक्रबार ०८:४८

साउदी अरबको जेलमा परेर रिहा भएका गोरखाका कुमार रानामगर नेपाल फर्किएका छन। उनी बिहीबार राती काठमाडौं आइपुगे का हुन ।

क्षतिपूर्ति रकम तिरेपछि १५ दिनअघि नै रिहा भएको भए पनीे आवश्यक प्रक्रिया पूरा गर्दा नेपाल फर्किन ढिलो भएको हो ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट एकजना घाइते भएपछि पक्राउ परेका थिए। घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम तिर्न नसक्दा कुमार एक वर्षअघि जेल परेका हुन ।

उनलाई रिहा गर्न नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरिएको थियो । क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा भएका हुन।