पौडेल र थापाले पाए नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा

८ कार्तिक २०७५, बिहीबार १५:३६

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को विहिबारको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् ।

दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाय पछि सचिवालयको अर्को बैठकमा पेश गर्ने छ ।

स्रोतका अनुसार बैठकले तल्ला तहका कमिटीलाई पुर्णता दिने गरी कार्यदल गठन गरेको छ ।  त्यो कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँछ । त्यसपछि अर्को सचिवालय बैठकले अन्तिम रुप दिने छ ।‘त्यहि कार्यदललाई केन्द्रीय सदस्यहरुको कार्यविभिाजन गर्ने जिम्मा पनि दिइएको छ ।’

नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।