नगरप्रमुख राणाको तलब भत्ता सामाजिक संस्थालाई प्रदान

८ कार्तिक २०७५, बिहीबार १५:०५

 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् ।

उनले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका हुन् । प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गरे ।

राणाले कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताए ।