नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

८ कार्तिक २०७५, बिहीबार १४:२०

 

काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

 

 

जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको बालुवाटार
स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजको बैठकले केहि मुद्धामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना पनि छ ।

यसअघि बसेको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश गर्न सकेको थिएन । यस अघिका बैठकमा नेताहरुले असन्तुष्टि पोख्दैमा बितेको थियो । यस्तै बुधबार ३ बजेका लागि बस्ने भनिएको बैठक पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोे कार्यव्यस्तताको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो ।

पार्टी एकताको पाँच महिना वितिसक्दा पनि प्रदेश, जिल्ला र जनवर्गिय संगठनको एकीकरणले पूर्णता पाउन सकिरहेको छैन । जसको कारण नेता कार्यकर्तामा अन्योलता बढदै गएको छ । नेकपाले
अहिले सम्म केन्द्रीय विभागहरु, पोलिटव्यूरो र अन्य कमिटीहरु पनि गठन गरेको छैन ।