ओलीको विकल्प नेकपाभित्र छैन, सिपी गजुरेल

७ कार्तिक २०७५, बुधबार १७:४२

नेकपा क्रान्तिकारी माओवादी का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् ।

प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन । संविधानतःओलीको अहिले विकल्प छैन् । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन् ।प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरे । उनले ‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन । ओली सरकारको ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भयो ।

ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ ।नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । ‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ ।

निर्मला पन्तको बलात्कारपछी हत्या भएको यत्तिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको आरोप लगाए ।