ठग दिनेश कोइराला मंगलबार पक्राउ

७ कार्तिक २०७५, बुधबार १४:०८

महानगरीय अपराध महाशाखाको टोलीले ठग दिनेश कोइराला लाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरेको हो ।

पीडितहरुले आफू ठगीमा परेको उजुरी गरेपछि अपराध महाशाखाको टोलीले कोइरालालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । कोइरालाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ खोटाङका श्याम खड्काबाट १९ लाख लिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जापान पठाउन नसकेपछि कोइरालाले खड्कालाई दिएको १९ लाखको चेक बाउन्स भएपछि बैंकिङ कसुरमा उनी पक्राउ परेका हुन् ।

पूर्वका जिल्लाहरुमा आफ्नो उपस्थिति बढाएका कोइरालाले करिब १ अर्ब ठगी गरेको प्रारम्भिक सुचना आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिएका छन् ।