सरकारले अपराधी भ्रष्टहरुलाई छोड्दैन मन्त्री ज्ञवाली

४ कार्तिक २०७५, आईतवार १८:३७

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यो सरकारले अपराधीलाई छाड्दैंन र भ्रष्टहरु प्रति झन निर्मम ढंगले लागेको बताएका छन् । आइतवार गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन ।

निर्मला पन्त हत्या काण्डका अपराधी सरकारले पानी मुनी लुकेकै भए पनि नछाड्ने बताए । मन्त्री ज्ञवालीले यस्तो मानविय संवेदना माथी कसैले राजनीति नर्गन सुल्झाए ।हरेक क्षेत्रमा भ्रष्टचार छ मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता भ्रष्ट कुृन पार्टीका सदस्य हो भनिने छैन निर्मम ढंगले प्रस्तुत भईने छ  ज्ञवालीले भने, ।’ विकास र जनताको समृद्धिको यात्रमा कोही सत्ता पक्ष र कोहि प्रतिपक्ष हुन नहुने बताए ।सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन, दुई छिमेकी मुलुक संग नयाँ शिराबाट सम्वन्ध सुधार भएको छ ज्ञवालीले भने,

‘अन्य मुलुक संग पनि नेपाल र नेपालीको शिर उचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।’ मन्त्री ज्ञवालीले करोडौको विकास निर्माणको जिम्मा लिने समयमा काम नगर्ने आफु चिल्लो कारमा सयल गर्ने यता जनतालाई दुख दिने त्यस्तालाई यो सरकारले कार्वाही गरेरै छाड्ने बताए ।कार्यक्रममा  प्रतिनिधी सभा सांसद तिलक महत , प्रदेश ५ का बिशेष अधिकार समिति सभापति सांसद कमलराज श्रेष्ठ, प्रदेश सांसदद्धय खड्ग केसी र दिनेश पन्थीको सहभागिता रहेको थियो । ‘ कृषि, पर्यटन उद्योग र रोजगार समृद्धिका लागि मुसिकोट समग्र नगरपालिकाको आधार’ भन्ने मुल नाराका साथ मुसिकोट नगरपालिकाको समृद्धिका सम्भानाृ र चुनौती बिषयक बौद्धिक सम्मेलन सोमबार सम्म चल्ने छ ।