जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

४ कार्तिक २०७५, आईतवार १८:११

स्याङ्जाको गल्याङ नगरपालिका(७ धराङ्दीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

 

गल्याङ नगरपालिका ७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु १ ज ३३८० नं को जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ ७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा परी गल्याङ ७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ ८ बस्ने संगीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।