अछामको कमलबजार नगरपालिका मा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । पिडितको परिचय खुल्न सक्ने भएकाले पक्राउ परे पनि परिचय नखुलाइएको अछाम प्रहरीले जनाएको छ ।
गत असोज ३ गते गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । उनले २ कात्तिकमा पुन जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत बाहिर आएको प्रहरीले बताएको छ । घटना बालिका भागि घरमा पुगेपछि सार्वजनिक भएको थियो ।
पत्रफाउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।