रेडलाईट एरिया खोलेर कर असुलेर संघीयता चल्दैन चित्रबहादुर के सी

३१ आश्विन २०७५, बुधबार १८:३६

 

राष्ट्रिय जनमोर्चाकाअध्यक्ष चित्रबहादुर के सी ले संघीयता खारेज गर्न माग गरेका छन् ।उनले भने ‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ असफल हुन्छ ।

केसीले नेपाल जस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्ननसक्ने भन्दै खारेजीको माग गरेकाहुन् । प्रदेश नम्बर ४ कामूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया खोलेर कर असुलेर संघीयता चल्दैन भन्दै केसीले नेपाल जोगाउन कै लागिभए पनि संघीयता खारेज गर्नै पर्ने बताए । केन्द्र सरकार र प्रदेश सरकार बीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीतिबाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे ।
६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आएपनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको भन्दै अनावश्यक कर कै कारण संघीयता धरापमा परेको उनको तर्क थियो । एउटा नेपाल चलाउन कठीन भएको अवस्थामा सातवटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै पनि हालतमा संघीयता सफल नहुने ठोकुवा गरे ।

सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी  कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए ।यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मला पन्त हत्याप्रकरण लगायतका विषयमा सरकार चुकेको भन्दै केसीले काठमाण्डौ महानगरपालिका ले काम गर्न नसकेको आरोप लगाए ।