नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिँदा नागरिकमा निरासा बढेको बताएका हुन् ।
महँगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो । नेता खनालले संविधान कार्यान्वयनमा भने सरकार सफल रहेको दाबी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव थियो ।