चुनावमा गरेको प्रतिवद्धता अनुसार काम गर्न सकेनौं अध्यक्ष दाहाल

२७ आश्विन २०७५, शनिबार १५:४०

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले चुनावमा जनतासँग गरेको प्रतिवद्धता अनुसार सरकारबाट काम हुन नसकेको बताए

मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुर थिमिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सरकारले चाहेर पनि हुन नसकेका कामहरु अब दसैंलगत्तै सुरु गर्ने बताए ।

जनताको चाहना र प्रतिवद्धता अनुसार काम गर्न प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउँदै दसैंपछि जनताले सरकारको काम तीव्र् गतिमा देख्ने भन्दै चुनावमा जनतामाझ गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले सुशासन, भ्रष्टाचार, मंहगी नियन्त्रण वृद्ध भत्ता बढाउने कुरा निर्वाचनका बेलामा प्रतिवद्धता गरिएको थियो, त्यसलाई जनताले चाहेजस्तो नभएको हो कि भन्ने जनताको गुनासोहरु सुनेको बताउदै, अब त्यसको सम्बोधन हुने गरि सरकारले काम गर्छ दाहालको भनाइ थियो।