सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनेकपा का अध्यक्ष पुष्पकमल दाहाल ले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दाबी गरेका छन् ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरेका हुन् दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरकारले चीनसँग ऐतिहासिक पारवहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे ।
अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि बताए बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ ।
