१५ लाख मानिसले छाडे उपत्यका

२५ आश्विन २०७५, बिहीबार १२:२५

रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा राजधानी बसेका मानिसहरु दशै मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् ।

काठमाडौ बाट पनि दशै मनाउन घर जानेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।

दशैं नजिकिँदै गएपछि काठमाडौंका नाकाहरु नागढुंगा, फर्पिङ, जगाती, लगायतका नाकमा व्यस्तता बढेको छ ।

ट्राफिक महाशाखाको तथ्यांकअनुसार असोज २४ गते बेलुकासम्म १५ लाख ४५ हजार ४ सय २३ जना दशै मनाउन उपत्यका छाडिसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो वर्षको दशैंमा काठमाडौंबाट २६ लाख मानिस बाहिरिने अनुमान गरेको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता राजकुमार लम्सालका अनुसार यस पटकको दशैंमा करिब २६ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनका अनुसार गत वर्ष दसैंमा २४ लाख ८७ हजार नेपाली काठमाडौंबाट बाहिरिएका थिए ।