बुटवलमा सस्तो दशैं बजार नयाँ नोट साट्न पाइने

२४ आश्विन २०७५, बुधबार १२:५५

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सस्तो दशैं बजार शुरुभयको छ बुटवलको हाटबजारलाइनमा रहेको बाल मन्दिरमा दशैं बजार पाँच दिन सम्म चल्ने दशैं बजारमा दैनिक उपभोग्य वस्तुहरू, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ता चप्पल, माछा लगायतका ४० स्टल रहने दशैं बजार संयोजक नरिश्वर पौडेलले बताए ।

दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रूपैयाँ, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रूपैयाँमा उपलब्ध हुने छ । दशैं बजारमा घिउ प्रति किलोग्राम ५० रूपैयाँ र खाने तेल पनि बजार मूल्य भन्दा प्रति कार्टुन ५० देखि ७० रूपैयाँ सस्तोमा किन्न पाइने संयोजक पौडेलले बताए । दशैं बजारको अर्को आकर्षणको रूपमा नयाँ नोट साट्न पाइने रहेको छ । संघको सस्तो दशै बजारमा आउने सर्वसाधारणले ५ हजार रूपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले बताए । संघले विगत ७ वर्षदेखि सर्वसाधारणलाई लक्षित गरी नयाँ नोट उपलब्ध गराउंदै आएको छ ।

दशैंमा टिका लगाउने हरेक परिवारलाई दक्षिणा दिन नयाँ नोट अनिवार्य आवश्यक पर्ने बैंकमा जाने पहुँच नभएका सर्वसाधारणलाई संघको यस कार्यले निकै सहजता भएको छ । चाडपर्वका बेला बढी खपत हुने चिनिको अभाव हुने समस्यालाई मध्यनजर गरेर संघले विगतदेखि नै बजारमूल्य भन्दा सस्तो दरमा नेपाली गुणस्तरीय चिनी उपभोक्तालाई उपलब्ध गराउँदै आएको हो । संघले दशैं बजारमा कम्तीमा एक करोड नयाँ नोट, १० क्वीन्टल चिनी, ५ सय केजी घिउ सर्वसाधारणलाई दिने छ । यसपटकको दशैं बजारमा कम्तीमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए । संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र विक्रिका लागि राखिने संघले बताएको छ ।