काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको चुचेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा एक्कासि अनुगमन गरेको छ ।

बुधबार अपरान्ह भाटभटेनी सुपरमार्केटको फुड प्याकेजिङ सेक्सनमा भएको सो अनुगमनमा १०० केजि चिनी र ३ बोरा भुजा मिति गुज्रिएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताएका छन् ।
मिति गुज्रिएको खाद्य सामाग्री पाइएपछि अनुगमन अधिकृत प्रदिप राईले भाटभटेनिललाई ३ दिन भित्र प्रशासन कार्यालयमा जानकारी गराउन भनेको छ ।
त्यस्तै कार्यालयले बिग मार्टमा पनि अनुगमन गरेको थियो
