अध्यक्षमण्डल विघटन हुदैनः यादव

१७ आश्विन २०७५, बुधबार ०९:४२

 

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपाल मा पुनः सामूहिक नेतृत्व हुने भएको छ । राजपा नेपालले विधानमा अध्यक्षमण्डल कायम रहने व्यवस्था पारित गरेको हो । राजपा नेपालका केन्द्रीय सदस्यहरूले अध्यक्षमण्डल विघटन गर्नुपर्ने माग गरे पनि सो पार्टीले सामूहिक नेतृत्वलाई नै जोड दिएको हो ।


पार्टीमा एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेपछि अध्यक्षमण्डलको बैठकले सामूहिक नेतृत्वमै अगाडि बढ्ने निष्कर्ष निकालेको हो । तर, पार्टीको यसअघि भएको केन्द्रीय एवं जिल्ला भेलामा नेताहरूले अध्यक्षमण्डल खारेज गर्न माग गरेका थिए । अध्यक्षमण्डलको व्यवस्थाले पार्टीको काम ठीक तरिकाले हुन नसकेको निष्कर्ष केन्द्रीय सदस्य एवं जिल्ला नेतृत्वले निकालेका थिए ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी अध्यक्षमण्डलकै व्यवस्थामा अगाडि बढ्ने बताउनु भयो। अध्यक्षमण्डल बिघटन नहुने बताउनु भयो ।