काठमाडौं । सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरेका छन् । सरकारले सोचे अनुसार काम गर्न नसकेको कुरा समेत स्वीकार गरे ।
एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले अब काम गरेर देखाउनु पर्ने बताए ।
उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताए । श्रेष्ठले भने, ‘मेरो गिरोह वा गुट वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी वाहेक अरु सबैलाई म सफाय गर्दिन्छु भनेर भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । यसरी कम्युनिस्ट आन्दोलन चल्दैन ।’