संघीयता महंगो भयोः राजनीतिक बिश्लेषक शर्मा

१६ आश्विन २०७५, मंगलवार ११:२५

 

देशको राजनीतिक अवस्था त्यति सहज रुपमा अघि बढन नसकेको राजनीतिक बिश्लेषक बिष्णु शर्माले बताउनु भएको छ ।

आयोखवर डटकम संगको कुराकानीमा उहाँले चिन्तित हुदै भन्नु भयो , बर्तमान सरकारले मुलुकलाई निकास दिन सकेन , देशका जनतालाई उकुश मुकुश र बाँच्न नसक्ने बनायो । देशमा महंगीले आकाश छोएको छ , बेरोजगार युवा युवतीहरु देशमा रोजगारको अवसर नपाएर बिदेश पलायन छन । जनताका आबश्यकताहरु चुलिदै गएका छन । सरकारले बिकास र समृद्धिको नारा मात्रै लगाउदै हिडेको छ । छ महिना भन्दा बढि भयो सरकार गठन भएको अहिले सरकारले सिन्को सम्म भाँच्न सकेको छैन । बिश्लेषक शर्माले भावुक हुदै भन्नु भयो। जनताको आम्दानी भन्दा कर बढाएर सरकारले जनताको ढाड सेकेको भन्दै शर्माले यो सरकार असफल भएको आरोप समेत लगाउनु भयो । उहाँले भन्नु भयो , सरकार मात्र होइन, यो काम कारवाहीले ब्यवस्था नै असफल हुने छ । संघीयता हाम्रो देशको लागी आबश्यकता नभएको भन्दै यो व्यवस्था खारेज हुने उहाँले े ठोकुवा समेत गर्नु भयो । संघीयता महंगो ब्यवस्था हो यो ब्यवस्था टिक्न नसक्ने शर्माले बताउनु भयो । अहिले कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनेको देखिए े पनि यो पार्टी भित्र गुट उप गुटले डेरा जमाएकोले कुनै दिन यो दुर्घटना हुने शर्माले बताउनु भयो । देशको निकासका लागी २०४७ सालको संविधान फर्काउनु पर्नेमा जोड दिनु भयो । बिदेशिको इसरामा देश चलेको भन्दै देशभक्तहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो । यो ब्यवस्थाले देशको बिकास समृद्धि नहुने भन्दै अव जनता सचेत हुनु पर्ने कुरामा उहाँले बिशेष जोड दिनु भयो । दलीय ब्यवस्थाले देशमा अराजकता बढेको भन्दै शर्माले चिन्ता समेत ब्यक्त गर्नु भयो । । देशका सीमा मिचिएको छन सरकार कानमा तेल राखेर बसेको छ यस्तो पनि हुन्छ रु शर्माले प्रश्न समेत गर्नु भयो । अव देश बचाउन देशका जनता नै उठने दावी समेत गर्नु भयो । जनता यो उकुश मुकुशको अवस्थामा बाँच्न सक्दैनन् , अव जनताले नै यो ब्यवस्थाको बिकल्प खोज्छन । सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गर्नु भयो । दलहरुको यो क्रियाकलापले हिन्दु अधिराज्य फर्कने ठोकुवा समेत शर्माले गर्नु भयो ।