सरकारले माग सम्बोधन गर्ने सवालमा पटक पटक धोका दिएको छ डा गोविन्द केसी

१२ आश्विन २०७५, शुक्रबार १५:५०

 

काठमाडौं– चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको माग गर्दै आएका डा गोविन्द केसीले आफुसँग ब्ल्याकमेलिङ गरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि अहिले सम्म पूरा नगरेको बताएका छन । उनले भने, सरकारले ब्ल्याकमेलिङ गरेको छ ।

‘सरकारले माग सम्बोधन गर्ने सवालमा पटक पटक धोका दिएको छ’ पत्रकार सम्मेलनमा केसीले भने, ‘त्यसकारण जुन सुकै समयमा पनि १६ औं अनशन सुरु गर्नसक्छु ।’ उनले अबको अनसन कहाँ र कहिले बस्ने भन्ने कुराको बारेमा जानकारी कसैलाई नदिने पनि बताए ।

। पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सम्बन्धि आफुले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएकाले मन्त्री पोखरेलको राजीनामा समेत मागे ।

डा केसीसँग १५ औं अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार शिक्षा विद्येयक संसदबाट पारित गर्नुपर्नेमा नगरिएकोमा डा केसीले आपत्ति जनाएका छन् ।