ओली र प्रचण्ड नहुँदा कार्यवाहक अध्यक्ष माधव नेपाल लाई किन दिइएन ?

११ आश्विन २०७५, बिहीबार १३:४७

 

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी नेकपाका दुबै अध्यक्ष मुलुकबाहिर छन् ।

नेकपामा यसअघि अध्यक्ष देश बाहिर जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्ने गरिएको थियो । तर, यसपटक यो परम्परा तोडिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वत अध्यक्षको जिम्मेवारी पाएका थिए ।

तर, अध्यक्ष प्रचण्ड पनि धर्मपत्नी सीता दाहालको उपचार गर्न बुधबार बेलुका सिङ्गापुर गएका छन् ।

ओली र प्रचण्ड दुबै अध्यक्ष देश बाहिर भएको बेलामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले पाएको छ भन्ने नेकपाका धेरैजसो नेताहरुलाई समेत थाहा छैन ।

यसअघि दुबै अध्यक्ष बाहिर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर, यसपटक नेता नेपाललाई कार्यबाहक नदिएको नेकपा उच्च स्रोतले बताएको छ ।