पर्यटनक्षेत्रलाई बिकास गर्नु पर्छः राज्यमन्त्री बुढा

११ आश्विन २०७५, बिहीबार ११:०३

 

काठमाडौं । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यमन्त्री बुढाले पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले यसमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुन नसकेको उल्लेख गर्दै उनले प्रबद्र्धनमा ध्यान दिएर फाइदा लिनु पर्ने बताए । पर्यटन क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाहरु यसको विकासका लागि एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित रहेको पर्यटन क्षेत्र डोल्पाको प्रतिनिधि हुँ । तर पर्यटन क्षेत्रबाट डोल्पाले जति फाइदा लिनुपर्ने हो, सकेको छैन’, राज्यमन्त्री बुढाले भने, ‘अन्य जिल्लाका पर्यटकीय क्षेत्रको अवस्था पनि उस्तै छ ।’

वर्तमान सरकारले पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि उनले पर्यटकीय क्षेत्रको डिजिटलाइजेशन गरेर पर्यटन क्षेत्रको बिकास गर्ने मन्त्रालयले पहल थालेको जानकारी दिए ।