अश्लील साइट बन्द गर्नु पर्छः मन्त्री बाँस्कोटा

११ आश्विन २०७५, बिहीबार १०:४१

 

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धेरैमा राम्रो कुरालाई राम्रो भन्न सक्ने चेतनाको विकास नभएको बताएका छन् । मिडिया एडभोकेसी ग्रुपले आज यहाँ आयोजना गरेको ‘सूचना हक अभियान सम्मान कार्यक्रम’ मा उहाँले कतिपयले गर्ने अश्लील साइट बन्द मन्त्रालयको निर्णयको नबुझीकन आलोचना गरेको बताए ।

हरेक कामलाई दलीय हिसाबले मात्र हेर्ने गरिएको बताउँदै मन्त्री बाँस्कोटाले नेपालमा अझै पनि आर्थिक र सामाजिक पछौटेपन कायम रहेकोले कानूनी अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन भने । उनले भने, ‘कानूनमा लैङ्गीक विभेद नभए पनि व्यवहारमा सुधार आएको छैन ।’