धनगढीलाई राजधानी नतोकेको भन्दै प्रदर्शन

१० आश्विन २०७५, बुधबार १५:२४

 

धनगढी । आफ्नो ठाउँमा राजधानी नतोकेको विरोधमा धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् ।

संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।