असोज १७ गतेदेखि डिभीको दर्ता खुल्ने

१० आश्विन २०७५, बुधबार १५:१८

 

काठमाडौं– असोज १७ गतेदेखि अमेरिकी स्थायी बसोबास कार्ड डिभीको अनलाइन दर्ता खुल्ने भएको छ । अमेरिकामा विदेश मन्त्रालयको समेत काम गर्ने डिपार्टमेन्ट अफ स्टेटको ब्यूरो अफ कन्सुलर एफेयरले आफ्नो आधिकारिक वेबसाइटमा यो सूचना राखेको हो ।

वेबसाइटमा राखिएको सूचनामा सन् २०१८ अक्टोबर ३ ९असोज १७० बाट डिभी– २०२० कार्यक्रमको लागि अनलाईन भर्ने समय खुल्ने उल्लेख छ । डिभीको अनलाईन दर्ता गर्ने समय सन् २०१८ नोभेम्बर ६ सम्म रहने सूचनामा उल्लेख छ ।

सूचनामा डिभीको अनलाइन दर्ता अवधिमा एक पटक भन्दा बढी पटक इन्ट्री गर्ने व्यक्ति कार्यक्रमको लागि अयोग्य हुने भन्दै सतर्क गराइएको छ ।