अर्घाखाँचीमा हिन्दु बिरोधी गतिविधी बढ्न थालेपछि हिन्दुहरु पनि संगठित हुन थालेका छन् ।

विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरु सक्रिय हुन थालेपछि सनातन धर्मको रक्षाको लागि हिन्दुहरुले सक्रियता देखाएका हुन् ।
नेपालको कानुन अनुसार धर्म प्रचार गर्न नहुने प्रष्ट व्यवस्था रहेको भएपनि विभिन्न प्रलोभनमा धर्म परिवर्तनकारीहरु सक्रिय रहेको भन्दै सन्धिखर्कमा बसेको भेलाले १०५ सदस्यिय हिन्दु जागरण नेपाल, अर्घाखाँची शाखा गठन गरेको हो ।
नारायण खड्का संयोजक र आतिष किरण बिक सहसंयोजक रहेको तदर्थ समितिले जिल्लामा रहेका हिन्दु धर्मावलम्वीहरुलाई एकतावद्द गर्नुका साथै गाउँमा संगठन बिस्तार गर्ने बताईएको छ ।साथै भेलाले राजु पन्थी संयोजक र युवराज थापा सहसंयोजक रहेको २५ सदस्यिय युवा स्वयंसेवक दस्ता समेत गठन गरेको छ ।
पछिल्लो समयमा अर्घाखाँचीमा हिन्दु विरोधी गतिविधी तिब्र भएपछि सनातन धर्मको रक्षाको लागि हिन्दुहरुले सक्रियता बढाएका हुन् । साथै धर्म परिवर्तन गराउदै आउने जो कोही भेटिएमा तत्काल प्रहरिलाई खवर गर्न समेत संस्थाले आम जिल्लावासीहरुमा अपिल गरेको छ ।
